शनिबार, चैत्र ७, २०८२

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के के भए निर्णय ?

दाङ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमती प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश समसामायिक कर, राजश्व संकलन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रलाई स्वीकृती प्रदान गर्ने, लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गाको व्यवस्थापनको लागि प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । साथै डा. ओम अर्याललाई प्यूठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११ औं तहका डा.विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने समेत बैठकले निर्णय गरेको छ । गत बर्षको दायित्व भुक्तानी दिने बारेमा पनि बैठकले निर्णय गरेको छ ।

‘गत बर्ष काम सम्पन्न भएको तर, भुक्तानी दिन बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ’प्रवक्ता तथा मन्त्री पन्थीले भन्नुभयो,‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाहरुले अव भुक्तानी पाउनेगरी निर्णय भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation