शुक्रबार, चैत्र ६, २०८२

अन्तर प्रदेश साझा सराेकारकाे बिषय सामुहिक एजेन्डा बन्नुपर्छ: मुख्यमन्त्री पाण्डे

पाल्पा ३० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सराेकारका बिषयलाइ सामुहिक रुपमा सम्बाेधनका लागि पहल आवश्यक पर्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेश सरकारकाे आयाेजनामा अन्तर प्रदेश स्तरीय बैठकलाई बुधबार पाल्पाकाे रानीमहलमा सम्बाेधन गर्दै उहाँले सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटन लगायत साझा सराेकारका बिषयलाइ प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेकाे बताउनु भएको हाे ।

उहाँले प्रदेशका साझा सराेकारका बिषयलाइ संयुक्तरूपमा आवाज उठाउन जरुरी रहेकाे धारणा राख्नु भयाे । उहाँले सुनाैली नाका हुदै भित्रीने भारतीय पर्यटकलाइ पाेखरा सम्म पुर्‍याउने बारेमा पनि साझा याेजना आवश्यक पर्ने बताउनु भयाे ।

सिद्धार्थ राजमार्गकाे बिस्तार, बसाइँसराइका कारणा पहाडहरु रित्तिन थालेकाे बिषय दुई प्रदेशकाे साझा सराेकार भित्र पर्ने बताउनु भयाे । साझा मुद्दालाई सामुहिक रुपमा सम्बाेधन गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation