मङ्लबार, कार्तिक १९, २०८२

राप्ती गाउँपालिकाका विकास योजनाहरूको अनुगमन

भालुबाङ १८ चैत । दाङको राप्ती गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका विभिन्न विकास योजनाहरूको सोमबार अनुगमन गरिएको छ ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक कमलापती चौधरीको नेतृत्वमा रहेको टोलीले वडा नम्बर १, २ र ९ मा सञ्चालित विकास योजनाहरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले वडा नम्बर १ मछितालस्थित नामसालिङ सामुदायिक विकास केन्द्रसँगको साझेदारीमा सम्पन्न सोलार लिफ्टिङ सिँचाइ योजना, वडा नम्बर २ सिख्रेस्थित पक्की नहर तथा पाइपलाइन विस्तार योजना र वडा नम्बर ९ स्थित काउछे बाटो मर्मत योजना, देविकोट मस्जिद पर्खाल निर्माण योजना तथा मुहान संरक्षण जाबुने कालाखोला योजना लगायतका विकास योजनाहरूको अवलोकन गरेको थियो ।

अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,अनुगमन समिति सदस्य चम्फा भुसाल, ईन्जिनियर अशोक बेल्वासे, वडाका प्राविधिक तथा नामसालिङ सामुदायिक विकास केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

गाउँपालिकाले अन्य वडाहरूमा सञ्चालन भएका योजनाहरूको समेत निरन्तर अनुगमन गरिरहेको छ । अधिकांश योजनाहरू पूर्णरूपमा सम्पन्न भइसकेका छन् भने केही अझै सञ्चालनमै रहेका छन् । गाउँपालिकाले समयमै योजनाहरू सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका नै निर्माण गरी लागू गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation