मङ्लबार, कार्तिक १९, २०८२

राप्तीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम सम्पन्न

मसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।

तालिम खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय अन्तर्गत मझौला तथा साना शहरहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता स्वास्थ्य संस्था मार्फत सञ्चालित कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना काठमाडौंकाे आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वच्छ र सुन्दर गाउँपालिका निर्माणका लागि नागरिकहरूको व्यवहारमै परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरसफाइलाई संस्कारको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै, गाउँपालिकाले यस अभियानलाई अझ व्यवस्थित ढंगले अगाडि बढाइरहेको जानकारी दिनुभयो । नागरिकको चेतनास्तर नबढेसम्म सरकारको विकास प्रयास दिगो नहुने अध्यक्ष विष्टकाे भनाइ रहेको थियो ।

तालिमका संयोजक तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाका इन्जिनियर प्रेमनिधि केसीले कोभिड प्रतिकार्य योजनाको सान्दर्भिकता, लैङ्गिक असमानता र सामाजिक समावेशीकरण लगायतका विषयमा सहजीकरण गर्नुभएकाे थियो । भने जनस्वास्थ्यविद् ज्योति वंशीले सूचनामूलक सामग्री र साबुनपानी प्रयोग गरेर हात धुने विधिबारे जानकारी दिनुभएकाे थियो ।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख नारायण रावतले कोभिड लगायत सरुवा रोग सर्ने माध्यम र तिनको रोकथाम उपायबारे प्रस्तुति दिनुभएकाे थियो भने खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले खानेपानी शुद्धिकरणका विभिन्न विधि र अभ्यासबारे प्रशिक्षण दिनुभएकाे थियो ।

तालिम समापन कार्यक्रममा सहभागी नारायणी पोख्रेल र गरिबु चौधरीले तालिम अत्यन्त उपयोगी भएको बताउँदै दैनिक व्यवहारमा प्रयोग गर्न सकिने ज्ञान हासिल भएको बताउनुभयो ।

दुई दिने तालिममा विभिन्न खानेपानी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास समितिका प्रतिनिधि, महिला समूह तथा पिछडिएका वर्गका गरी ४० जनाको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation