मङ्लबार, कार्तिक १९, २०८२

राप्तीमा डिजिटल मिडिया र एआई प्रविधिसम्बन्धी तालिम सम्पन्न

मसुरिया १३ जेठ । दाङको राप्ती गाउँपालिकामा सञ्चालित डिजिटल मिडिया तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सम्बन्धी दुई दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा राप्ती प्रेस मञ्चको आयोजनामा मसुरीयास्थित गाउँपालिकाको सभाहलमा सञ्चालन भएको उक्त तालिमको मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले आधुनिक पत्रकारिता प्रविधिसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले तथ्यमा आधारित समाचार लेखनका लागि डिजिटल उपकरण र एआई प्रविधिको प्रयोगले पत्रकारितामा विश्वसनीयता र प्रभावकारिता दुवै बढाउने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, मञ्चका सल्लाहकार जमिर शाह, सहभागी पत्रकार विदुर एमसी, विनिता गाहा मगर, तामबहादुर खैकला मगरलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । सहभागीहरूले तालिम अत्यन्त उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया जनाएका थिए ।

२० जना स्थानीय पत्रकारहरूको सहभागिता रहेको तालिममा पत्रकारिता र प्रविधिको अन्तरसम्बन्ध, डिजिटल सुरक्षा, एआई उपकरणहरूको प्रयोग, समाचार लेखनको प्रभावकारी शैली लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। तालिमकाे प्रशिक्षकहरुमा सुदर्शन रिजाल र पाण्डव प्रसाद शर्मा रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन मञ्चकी उपाध्यक्ष हुमा सुनारले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation