मङ्लबार, कार्तिक १९, २०८२

शिवसवरी धामको १२औं जन्मोत्सव : निलसागर, मठमन्दिरमा सहयोग

भालुवाङ २२ जेठ । शिवसवरी धाम धार्मिक केन्द्रले १२ औं जन्मोत्सव कार्यक्रम मनाएको छ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका–५ पहरूवामा रहेको सो धामले जन्मोत्सवका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवामा रहेको निलसागर सेवा आश्रममा परात, कलश, चामल, दाल, नुन, तेल, सरफ, फलफूल, तरकारी र नगद प्रदान गरेको छ ।

धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीको अध्यक्षतामा सो सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाग्री बुझ्दै आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले खाद्यन्न अभाव भएका बेला शिवसवरी धामले गरेको पुण्य काम प्रति धन्यवाद दिएका थिए । उनले यस्ता पवित्र कार्यले भोका नाङगाहरुलाई राहत मिलेको बताएका थिए ।

त्यस्तै धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीले आश्रममा खाद्यन्न सँगै अन्य जिन्सी सामाग्री अभाव भएको सुनेर आश्रममा आई सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताएकी छिन् ।

कार्यक्रममा धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, महिला समाजसेवी नारायणी पोख्रेल सहित भक्तहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन धामका सल्लाहकार तथा पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

त्यस्तै जन्मोत्सवका अवसरमा धामले विभिन्न १२ वटा मठ मन्दिरमा परात र कलश सहयोग गर्नुका साथै विभिन्न व्यक्ति तथा बालबालिकालाई लगाउने पोशाक समेत प्रदान गरेको छ । धाम परिसरमा जन्मोत्सवका अवसरमा भजनकृतन समेत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation