देउखुरी १९ असार । लुम्बिनी प्रदेश दाङ देउखुरीको लमही नगरपालिका ३ फल्कापुर माविमा २०८१ को see मा उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना एक कार्यक्रमका बिच बिहिवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवान जंग चौधरीको अध्यक्षता, लमही नगरपालिका ३ का वडाअध्यक्ष मनोज कुमार चौधरीको प्रमुख आतिथ्यता एवं बिद्यालयकि प्रधानाध्यापक सम्झना शर्माको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य निवर्तमान प्रधानाध्यापक टोपाराम भट्टराई, सल्लाहकार माधवप्रसाद आचार्य, प्रधानाध्यापक सम्झना शर्मा, वडा अध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ३ नम्बर वडा अध्यक्ष चौधरीले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क भर्ना गरिने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।
साथै स्कुलमा उत्कृष्ट स्थान हासिल गर्ने शुभम केसी र आश्मा चौधरीलाई नगद सहित प्रधानाध्यापक सम्झना शर्माले पुरस्कार दिनु भयको थियो ।
बिद्यालयका शिक्षक बाबुराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममाको संचालन सोही शिक्षक सुरेश शाहले गर्नुभएको थियो ।











