कालिका सामुदायिक वनको १७औँ वार्षिक आय-व्यय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

देउखुरी २३ भदौ । लुम्बिनि प्रदेश राप्ती उपत्यका राप्ती गाउँपालिका २ लालमटीयामा रहेको कालिका सामुदायिक बन उपभोक्ता समितिको १७औँ वार्षिक आय-व्यय सार्वजनिक सुनुवाइ कार्यक्रम महीला भवन लालमटीयामा सोमवार सम्पन्न भएको छ ।

कार्यक्रमको सभाध्यक्षता समिति अध्यक्ष जोहरमान मियाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. २ का सदस्य मनबहादुर पुनको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि मनबहादुर पुनले व्यानर पढेर गर्नुभएको थियो ।

विशिष्ट अतिथिका रूपमा बन समन्वय समितिका सह-कोषाध्यक्ष पुस्पा बैद्य, सहजकर्ताको भूमिकामा जिवलाल खनाल तथा अन्य अतिथिहरूमा रामजहदी सा.ब.उ.स. अध्यक्ष डिल्ली राज सुवेदी, करमदी सा.ब.उ.स. अध्यक्ष टुम बहादुर घर्ति मगर लगायत संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सल्लाहकार तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य समितिका उपाध्यक्ष भिमलाल न्यौपानेले राख्नुभएको थियो ।

त्यसपछि समितिका कोषाध्यक्ष यम बहादुर रोका मगरले साउनदेखि असार मसान्तसम्मको आर्थिक विवरण प्रस्तुत गर्दै, खर्च: रु १५,५१,८७.२५ (पन्ध्र लाख एकाउन्न हजार सतासी रुपैयाँ पच्चिस पैसा) मौज्दात: रु १०,३७,२८२.६५ (दश लाख सैंतीस हजार दुई सय बयासी रुपैयाँ पैंसठ्ठी पैसा) रहेको जानकारी दिनुभयो ।

त्यस्तै, पशुवृद्धि आश्रमतर्फको आर्थिक प्रतिवेदन संयोजक शिव बहादुर राना मगरले प्रस्तुत गर्नुभयो।

उहाँका अनुसार: खर्च: रु ३,०३९.६० (तीन लाख उन्चालिस सय बार रुपैयाँ साठी पैसा) मौज्दात: रु १८,४०,५९६.७३ (अठार लाख चालिस हजार पाँच सय छयानब्बे रुपैयाँ तिरहत्र पैसा) रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्न यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा राखेका थिए ।

कार्यक्रम सञ्चालन समितिका सचिव कृस्णा पोखरेलले गर्नुभएको थियो भने समापन सभाध्यक्ष जोहरमान मियाले मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation