आशाका किरण संस्थाद्धारा मृतक परिवारलाई खाद्यन्न सहयोग

भालुवाङ १९ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले एक मृतक घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी आर्थिक अवस्था निकै कमजोर भएको साथै गत असोज १६ श्रीमति गुमाएका गोवर्धन कुमालको परिवारलाई आइतवार सो संस्थाले ५ हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

ज्वरोका कारण बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा श्रीमति कमला कुमालको ज्यान गएपछि अझै समस्यामा परेको कुमाल परिवारलाई संस्थाले आइतवार बेलुका घरमै पुगेर खाद्य सामाग्री सहयोग गरेको हो । संस्थाले मृतक परिवारलाई चामल, दाल, चिनी, चिउरा, खानेतेल, चियापत्ती, साबुन लगायतका खाद्य सामाग्री स्वर्गीय कमलाका श्रीमान् गोवर्धन कुमाललाई गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको रोहवरमा संस्थाका कार्यवाहक अध्यक्ष दिवस आचार्य, संस्थापक अध्यक्ष सुर्यकिरण केसीले हस्तान्तरण गरेका थिए ।

खाद्यन्न सहयोग कार्यक्रममा संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता, सदस्यहरु पवित्रा विश्वकर्मा, सिर्जना खड्का, जनप्रिय सामुदायिक वन उपभोक्ता समुहका निर्वतमान अध्यक्ष चित्र बहादुर महतारा, युवा अभियान्ता सन्देश भण्डारी क्षेत्री लगायतका विशेष उपस्थिती रहेको थियो । यसै बीच संस्थाले १ मिनेट मौन धारण गरि स्वर्गीय कमला प्रति श्रद्धाञ्जली र मृतक परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

२० दिन देखि लगातार ज्वरोले नछोडेपछि स्थानीय मेडिकल हुँदै बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा गत असोज १६ गते कमलाको निधन भएको हो ।

९० वर्षिय आमा, आफु र १ छोरा सँगै बस्दै आएका कुमाल परिवारको घरको अवस्था निकै कमजोर भएको र मृतक श्रीमतिलाई समेत बुटवलबाट घर सम्म ल्याउने पैसा समेत नभएपछि पिडित परिवारले सहयोगको हात फैलाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation