
देउखुरी २२ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ३ को आयोजनामा स्विट्जरल्यान्ड पार्क, बसन्तपुरमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम, राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको प्राविधिक सहयोग र NABP नर्वेको आर्थिक सहयोगमा सो शिविर सञ्चालन भएको हो ।
शिविरमा कुल १७२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो ।
तीमध्ये १७ जना मोतिबिन्दु रोगीहरू पहिचान गरिएका छन् भने ७६ जना बिरामीहरूलाई प्रिस्बायोपिक (नजिकको) चस्मा वितरण गरिएको थियो ।
मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको र तिनीहरूलाई अस्पतालसम्म पुर्याउने तथा फर्काउने सम्पूर्ण व्यवस्था समेत गरिएको जानकारी गराइएको छ ।