सोमवार, अशोज २७, २०८२

राप्तीमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न, १६२ जनाको जाँच र ८० जनालाई चश्मा वितरण

देउखुरी । राप्ती गाउँपालिका वडा नं. २ मा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको प्राविधिक सहयोग र NABP नर्वे (Atlas Alliance) को आर्थिक सहयोग तथा राप्ती गाउँपालिका–२ को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन वडा नं. २ का वडा अध्यक्षज्यूबाट गरिएको थियो ।
कार्यक्रममा कुल १६२ जनाको आँखा जाँच गरिएकोमा ८० जनालाई निःशुल्क नजिक हेर्ने चश्मा वितरण गरिएको छ ।

त्यस्तै, २९ जनामा मोतिबिन्दु अपरेशन गर्नुपर्ने देखिएको छ । ती बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउने र ल्याउने व्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation