महिला चेम्बरद्धारा सिसहनियाँमा सञ्चालित ३ दिने हस्तकला तालिम सम्पन्न

सिसहनियाँ २४ कार्तिक । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सञ्चालित ३ दिने हस्तकला तालिम सम्पन्न भएको छ ।

शान्ता बुटिक एण्ड हस्तकला सिसहनियाँ र शान्ता मेडिकल हल भालुवाङको प्राविधिक सहयोगमा राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको महिला चेम्बर अफ कमर्सले आयोजना गरेको तालिम आइतबार एक समारोहका बीच समापन गरिएको छ ।

महिलाहरूलाई सीप र रोजगारी सँग जोड्न हस्तकला तालिम आयोजना गरिएको थियो । थोरै लगानीमा समेत गर्न सकिने गरि महिला चेम्बरले कपालमा बाध्ने कपडाको विभिन्न आकृतिका रबर बनाउने तालिम सिकाइएको थियो । तालिममा गरिव तथा विपन्न, एकल महिला तथा अपांगता भएका महिलाहरूलाई लक्षित गरिएको थियो ।

महिला चेम्बर अफ कमर्सकी अध्यक्ष मेनुका पौडेलको अध्यक्षता एवम् राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष बसन्तबहादुर कुवर क्षेत्रीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले ३ दिन सम्म सिकेको सिपलाई व्यवहारमा लागु गरि व्यवसायीक बन्न सुझाव दिएका थिए । हस्तकला तालिमको माध्यमबाट महिला दिदीबहिनीहरुको सिप विकास सँगै रोजगारी समेत सिर्जना गर्न सकिने हुँदा बजार र लगानीका लागि चेम्बरले सहजीकरण गर्न सुझाव दिएका थिए ।

सो अवसरमा राप्ती चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष नेमलाल शर्मा, सल्लाहकार शेषकान्त आचार्य, सचिव गोविन्द बहादुर केसी, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, पुर्व सदस्य ओमनाथ बञ्जाडे, सहभागी मञ्जु चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा राप्ती गाउँपालिकाका विभिन्न वडाका २३ जना महिलाहरूको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा मेनुका पौडेल रहेकी थिइन् ।

कार्यक्रमको सञ्चालन महिला चेम्बर अफ कमर्सकी सदस्य जानका गोराथोकीले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation