बिहिबार, मंसिर १९, २०८२

नि:शुल्क शिक्षा प्रभावकारी नहुँदा सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

भालुबाङ १८ मंसिर । नि:शुल्क शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर अपेक्षित रूपमा सुधार हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारूले बताउनुभएकाे छ ।

दाङको गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थारूले सरकारले ल्याएको नि:शुल्क शिक्षा नीति राम्रो सोच र दीर्घकालीन लक्ष्यका साथ ल्याए पनि व्यवहारिक कमजोरीका कारण कागजमै सीमित भइरहेको टिप्पणी गर्नुभयो ।

उहाँका अनुसार शिक्षण सामग्रीको अभाव, योग्य जनशक्ति, स्रोतसाधनको कमी तथा अनुगमन कमजोर हुँदा सामुदायिक विद्यालयले अपेक्षित सुधार हासिल गर्न नसकेको हो ।

थारूले विद्यार्थी भर्ना बढ्नु मात्र उपलब्धि नभई सिकाइ उपलब्धि, ज्ञान–कौशल विकास र सकारात्मक परिवर्तन देखिन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय, शिक्षक, अभिभावक र स्थानीय सरकारबीचको समन्वय अझ बलियो बनाउनुपर्ने आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation