लिटिल एन्जल्स स्कूलका संस्थापक प्राचार्य शोभाखर भुषाल राष्ट्रिय सम्मानबाट सम्मानित

काठमाडौं । लुम्बिनी प्रदेश दाङस्थित लिटिल एन्जल्स स्कूल राप्ती प्रा. लि. का संस्थापक प्राचार्य शोभाखर भुषाल राष्ट्रिय स्तरको सम्मानबाट सम्मानित हुनुभएको छ ।

फोकस नेपालद्वारा आयोजना गरिएको विशेष समारोहमा भुषाललाई शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो ।

सम्मान कार्यक्रम २०८२ माघ २४ गते काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा सम्पन्न भएको थियो ।

उक्त समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले भुषाललाई सम्मान प्रदान गर्नुभएको हो ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनुभएका भुषालले लिटिल एन्जल्स स्कूल, राप्ती गाउँपालिका–१ भालुबाङ देउखुरी, दाङ मार्फत गुणस्तरीय शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सम्मान ग्रहणपछि भुषालले प्राप्त सम्मानले अझ जिम्मेवार भएर शैक्षिक क्षेत्रमा सेवा गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation