मङ्लबार, माघ २१, २०८२

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआईजी राईले मंगलबार देखि सम्हाले

दाङ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९ पुष २९ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तुल्सीपुरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले मंगलबार देखि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।                                 

लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तुस्थिति जानकारी लिनुभई कार्यालयका शाखाहरुको अवलोकन, प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा महिला प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभएको छ ।                                           

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation