देउखुरीमा पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

मसुरिया । दाङको राप्ती गाउँपालिकाकाे आयोजनामा बिहीबार देखि पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा संविधान सभाका पुर्व सदस्य तथा लुम्बिनी प्रदेश सभा दाङ क्षेत्र नम्बर १ क का निवर्तमान प्रदेश सभा विद्यान समितिका सभापति दामा शर्माकाे प्रमुख आतिथ्यता र संविधान सभाका पुर्व सदस्य सुशीला चाैधरीकाे विशिष्ट आतिथ्यतामा प्रतियोगिताकाे शुरुवात गरिएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि शर्माले खेलले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त मात्र नभई अनुशासित पनि गराउने भएकाले खेल क्षेत्रकाे महत्त्व बढी रहेको बताउनु भएको छ । त्यस्तै उहाँले देशका तीनवटै तहका सरकारहरुले खेल र खेडीहरुलाई खेलकुदकाे माध्यम बाट प्राेत्सान गर्नु पर्ने कुरामा जाेड दिनु भयो । साथै उहाँले खेलाडीहरुलाई अनुशासित र सभ्य भएर खेल प्रदर्शन गर्न समेत आग्रह गर्नु भएको थियो ।

पुरुषहरुकाे खेल वडा नम्बर ३ काे सिरीचाैर खेल मैदानमा भई रहेको छ भने महिलाहरुकाे खेल वडा नम्बर २ लालमटियाकाे टुडिखेल मैदानमा सञ्चालन भई रहेको छ ।

पालिकाका सबै वडाका महिला र पुरुष गरि १८ ओटा टिमले भाग लिएरकाे खेल २७ गते सम्म सञ्चालन हुने वडा नम्बर ३ का वडा अध्यक्ष तथा खेल संयाेजक उमेश अधिकारीले जानकारी दिनु भएको छ ।

यसै बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच भएको पहिलो उद्घाटन खेलमा पुरुष कर्मचारीहरुकाे टिमकाे विरुद्ध १-० गाेल गर्दै जनप्रतिनिधिहरुकाे टिम बिजयी भएका छन् भने महिला जनप्रतिनिधिरुकाे टिमकाे विरुद्ध ३-० गाेल गर्दै कर्मचारीहरुकाे टिम बिजयी भएका छन् ।

खेलकाे पहिलो दिन पुरुष तर्फ वडा नम्बर १ र ६, ३ र ७, ८ र ४ काे खेल भएका छन् भने महिला तर्फ वडा नम्बर ३ र ६, २ र ७, ४ र १ काे बिच खेल सम्पन्न भएको छ ।

जस अन्तर्गत पुरुष तर्फ वडा नम्बर ६ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ सेमिफाइनलमा प्रवेश गरेकाे छ भने वडा नम्बर ७ लाई १-० ले हराउँदै वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै वडा नम्बर ८ लाई ३-० गाेलले हराउदै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

महिला तर्फ वडा नम्बर ३ लाई १-० ले हराउँदै वडा नम्बर ६ सेमिफाइनलमा पुगेको छ भने वडा नम्बर ७ लाई पेनाल्टी गाेल मार्फत १-० ले हराउँदै वडा नम्बर २ सेमिफाइनलमा पुगेको छ । वडा नम्बर ४ र १ बिच भएको खेलमा वडा नम्बर ४ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै वडा नम्बर ५ र ८ बिच भएको खेलमा वडा नम्बर ८ लाई १-० गाेलले हराउँदै वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।

भाेली बिहान ८ बजे देखि पुरुष तर्फ वडा नम्बर ५ र २ खेल हुन भएको छ भने अन्य सेमिफाइनलका खेलहरु पनि सञ्चालन हुने वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चाैधरीले जानकारी दिनु भएको छ ।

खेलमा विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० हजार र ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट किपर, सबै भन्दा धेरै गाेल गर्ने खेलाडीहरू लाई समेत पुरस्कृत तथा सम्मान गरिने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।

खेल अवधिभर रेफ्रिकाे भुमिकामा दाङ जिल्ला फुटबल रेफ्रि संघका अध्यक्ष शिवहरी शर्मा, देव नारायण दाहाल, खुम बहादुर ओली,सरद भण्डारी रहनु हुनेफभएको छ ।

खेलकुद सञ्चालन हुन पुर्व विभिन्न वडाहरुले विभिन्न समुदायका झाकी समेत प्रस्तुत गरिएका थिए ।

साे अवसरमा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत छविराज प्राेख्रेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, ईलाका प्रहरी कार्यलय भालुबाङ्गका प्रमुख सुजन शाह, जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चाैधरी, पालिकाका ९ ओटै वडाका वडा अध्यक्षहरु, नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चाैधरी, नेकपा एमालेका सचिव भरतमणी न्याैपाने, नेकपा माओवादी केन्द्रका सह सचिव बसन्त नेपाली, एकिकृत समाजवादीका गाउँ कमिटी अध्यक्ष शिशिर पुन, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष ठाकुर प्रसाद आचार्य, राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष टेकबहादुर गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष दाेर्ण जिसी, नेपाल कम्युनिस्ट पार्टीका भिमप्रकाश पुन, खानेपानी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष हस्त बहादुर गुरुङ, भालुवाङ्ग हाेटल व्यावसायि संघका अध्यक्ष महेश बेल्बासे, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, कार्यपालिका सदस्यहरू, संचारकर्मीहरु, समाजसेवी जगत थापा, तुला गिरी, खेलप्रेमीहरु लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा खेल संयाेजक उमेश अधिकारीले सहभागीहरु लाई खेलकुद प्रतियोगिताकाे बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation