बिहिबार, माघ २३, २०८२

“सबैका लागि स्वास्थ्य” भन्ने मुल नाराका साथ पैदल यात्रा गर्दै राप्तीले मनायो विश्व स्वास्थ्य दिवस

भालुवाङ । दाङको राप्ती गाउँपालिकाले शुक्रबार ७५ औँ विश्व स्वास्थ्य दिवस मनाएको छ ।

“सबैका लागि स्वास्थ्य”भन्ने मुल नाराका साथ पदयात्रा तथा स्वस्थ्य जीवनयापनका लागि स्वस्थ्य खानपान र असल व्यवहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम र ब्लडप्रेसर तथा सुगर चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ ।

पालिकाकाे वडा नं. ५ सिसहनियाँ बजार देखि साेही वडाकै धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबा सम्म पदयात्रा गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री पन्थीले आफ्नो स्वास्थ्यलाई कस्तो बनाउने भन्ने कुरा आफैमा निर्भर हुने भएकाले खानपान, रहनसहन र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । मानव शरिरको महत्त्वपूर्ण चिज जीवन भएकोले औसत आयु लम्बाउने वा घटाउने आफू भित्र निर्भर हुने भएकोले आफ्नो शरिरलाई प्रेम गर्न सिक्नुपर्ने र स्वस्थ भई बाँच्ने कुरामा ध्यान दिन उनले सवैलाई सचेत गराएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ भई बाँच्नका लागि पैदल हिड्नुपर्ने वा शारीरिक व्यायम आवश्यक रहेको बताएका थिए । त्यस्तै खानपानमा समेत ध्यान दिन अध्यक्ष विष्टले आग्रह गरेका छन् । अर्गानिक खाना भन्दा बजारिया चिज बढी मात्रामा प्रयोग गर्दा विभिन्न रोग उत्पन्न हुने हुँदा त्यस तर्फ सचेत हुन र नशालु पदार्थ तथा सुर्तीजन्य वस्तु सँग आफ्नो जीवन नसाट्न उनले सुझाव दिएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव विनोद गिरी, स्वास्थ्य उपसचिव महेश पाण्डे लगायतले आ-आफ्नो भनाई राखेका थिए । सो अवसरमा राप्ती गाउँपालिकाको ६ नम्बर वडाको मझेरिया गाउँलाई मादकपदार्थ मुक्त टोल बनाउन भुमिका निर्वाह गरेको भन्दै सोही टोलको आमा समुहलाई सम्मान समेत गरिएको थियोे भने कार्यक्रमका अवसरमा ६३ जनाको सुगर र ब्लडप्रेसर चेकजाँच समेत गरिनुका साथै शारीरिक व्यायम र योग अभ्यास समेत गराइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिदलका प्रतिनिधि, संघ संस्थाका प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारणको सहभागीता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation