बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु

देउखुरी   दाङको राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु भएको छ । “स्वस्थ, समृद्ध र संस्कारयुक्त व्यक्ति, समाज एवम् राष्ट्र निर्माणका लागि योग” भन्ने मुल नाराका साथ पतञ्जली योग समिती लुम्बिनी प्रदेश र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार देखि राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडिखेलमा शुरु भएको छ ।

शिविरको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेका छन् । शिविरको उद्घाटन गर्दै सभामुख घर्तीले शरीरलाई स्वस्थ बनाउन र सकरात्मक सोचको विकासका लागि पनि योग अनिवार्य रहेको बताएका छन् । रोगी शरीरलाई निरोगी बनाउन सकियो भने मात्र मानसिक रुपमा पनि सोचको परिवर्तन हुने भएकाले पनि योग तथा स्वज्ञान सवैका लागि आवश्यक रहेको सभामुख घर्तीले बताए ।

त्यस्तै उनले समाजलाई सकरात्मक दिशा तिर अगाडी बढाउन तथा समाजमा हुने झै झगडा, कलह हुन नदिनका लागि एकले आर्कालाई सहयोग गर्ने भावनाको विकास गराउन पनि योग शिविर आवश्यक रहेको बताएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको योग शिविर उद्घाटन कार्यक्रममा युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनालले प्रशिक्षण दिएका थिए ।

शिविरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहेको थियो । प्रदेश प्रभारी प्रेम शाहको स्वागत मन्तव्यबाट सुरु भएको शिविर उद्घाटन कार्यक्रमको सञ्चालन दाङ जिल्ला प्रभारी लक्ष्मण ज्ञवालीले गरेका थिए । याेग शिविर जेठ १५ गते सम्म सञ्चालन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation