राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुकको शालिकमा मल्यार्पण गरि स्मृति दिवस मनाउदै

भालुवाङ  राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान साँस्कृतिक शहिद कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवस शनिवार भालुवाङमा मनाउने भएको छ ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्पण गरि स्मृति मनाउन लागेको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

विहान ७ बजे हुने कार्यक्रममा सम्पुर्ण सञ्चारकर्मीहरुलाई कार्यक्रममा उपस्थित भइदिन समेत मञ्चले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation