बिहिबार, माघ २३, २०८२

‘वेलकम टु हेम्जाकोट’ले गर्यो पशुपतिनाथमा फलफूल वितरण तथा सरसफाई

काठमाडौं । आगामी जेठ २६ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको छ ।

समाजसेवामा पनि हातेमालो गरौं भन्ने सोचका साथ निर्माण टिमले उक्त कार्यक्रमको आयोजना गरेको निर्माता तेज प्रसाद दाहालले जानकारी दिए । उनी भन्छन्, ‘हामी मनोरन्जन मात्र हैन, सामाजिक काममा पनि उत्तिकै लाग्नुपर्छ भन्ने उद्देश्यले यस्ता काम गरिरहेका छौं । भोलीको दिनमा पनि निरन्तरता दिनेछौं ।’

सिनेमाका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक सहित यो कार्यक्रममा केहि अतिथीहरु कलाकारहरु मिस पवी, सुजन कार्की, थिएटरका चर्चित गुरु सुवलमणी सापकोटा, सुरवी सापकोटा लगायत पनि उपस्थित थिए । कलाकारसहित अतिथीहरुले सिनेमाको पोस्टर समावेश टिसर्ट समेत लगाएका थिए ।

सिनेमामा तेजप्रसाद दाहाल, सरोज कुमार पुर्बे, सुमन खड्का, बाबुराम कार्कीको समेत लगानी रहेको छ । सिनेमाका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । निर्माण टिमले यसअघि सिनेमाको पोस्टर, ट्रेलर, गीत सार्वजनिक गरिसकेको छ । सिनेमामा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा, प्रेविल कंडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको सिनेमाको नाम पनि त्यहिँबाट सापट लिइएको हो । यसले स्थानियस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार सिनेमाका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको सिनेमाका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान,उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । सिनेमालाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् ।

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्ट्रेलिया, जापान लगायत युरोपका विभिन्न देशमा सिनेमाको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए । उनले भने, ‘अवार्ड समारोहमा हेर्ने अतिथीले दिएको प्रतिक्रियाले उत्साहित छु । आशा छ दर्शकले यसलाई मन पराउनुहुनेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation