मङ्लबार, कार्तिक २६, २०८२

रोटरीले थालेको दुर्व्यसन विरुद्ध सचेतना अभियान सिद्धार्थ बोर्डिङ्गमा सम्पन्न

देउखुरी ८ असोज । दाङको राप्ती गाउँपालिका ३ मौरीघाटमा अवस्थित सिद्धार्थ बोडिङ्ग स्कुलमा रोटरी क्लव अफ राप्तीले लागुपदार्थ दुर्व्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध दुर्व्यसन रोकथाम अभियान नेपालको प्राविधिक सहयोग तथा ईलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा अभियान सुरु भएको हो । क्लव अध्यक्ष बासुदेव न्यौपानको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नं. ३ का बडा अध्यक्ष उमेश अधिकारीको प्रमुख आथित्यतामा सिदार्थ बोडिङ्ग स्कुल मौरीघाटमा कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत करिव एक सय २५ जना विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन सम्बन्धी शिक्षा दिएको छ ।

लागुऔषध दुर्व्यसन सम्बन्धी शिक्षा कार्यक्रममा बोल्दै वडा अध्यक्ष उमेश अधिकारीले युवा समुदायमा विकराल बन्दै गएको लागुऔषध सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेकोमा रोटरी अफ क्लव राप्तीलाई धन्यवाद दिनुभयो । ‘सानो प्रयासबाट पनि युवालाई लागुऔषधि दुर्व्यसनबाट बचाउन सकिन्छ’, अध्यक्ष अधिकारीले भन्नु भयो यो अभियान रहेका युवा माझ पुर्याउन जरुरी छ ।’

स्कुले विद्यार्थीहरुमा लागुपदार्थ सेवनको लत बस्न थालेपछी विद्यार्थीलाई केन्द्रित गरेर रोटरीले सचेतना अभियान सुरु गरिएको हो । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । विशेषगरी कक्षा ८ देखी १२ कक्षाका विद्यार्थीहरुमा लागुपदार्थ सेवन गर्नेको संख्या वृद्धि भइरहेको छ ।

रोटरी वर्ष २०२३/२०२४को वार्षिक कार्ययोजना अनुसार क्लवले राप्ती गाउँपालिका भित्र रहेका विद्यालयमा हरेक महिना एक विद्यालयमा लागुपदार्थ दुर्व्यसन नियन्त्रणको लागी विद्यालय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बर्षभरीमा १२ वटा विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरिने कार्यतालिका रहेको रोटरी क्लव अफ राप्तीका वर्ष २०२३/२०२४ काअध्यक्ष बासुदेव न्यौपानले जानकारी दिनुभयो । ‘स्कुले विद्यार्थीमा दुर्व्यसनको लत बस्न थाल्यो । यो गम्भिर चुनौती हो’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई दुर्व्यसनबाट टाढा राख्नैपर्छ । यसका लागी हामीले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं ।’

गत महिना राप्ती गाँउपालिका वडा नं २ मा रहेको आर्दश नमुना माध्यमिक विद्यालयबाट क्लवले विद्यालय शिक्षा कार्यक्रम सुरु हो । कक्षा ८ देखि १२ कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको रोटरी क्लव अफ राप्तीका अध्यक्ष न्यौपानले जानकारी दिनुभयो । ‘हरेक महिना एक विद्यालय अन्तरगत १२ विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी शिक्षा लागु गर्ने छौं’,अध्यक्ष न्यौपानेले भन्नुभयो,‘जनचेतना फैलाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ ।’

लागुऔषध दुर्व्यसन रोकथाम अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुन मगरले प्रशिक्षण दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation