मङ्लबार, कार्तिक २६, २०८२

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ ।

निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी दिएको हो ।

यसअघि आजै बसेको  मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयअनुसार आयोगले मूल्य वृद्धि फिर्ता लिएको हो ।

निगमले आजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय १५ रूपैयाँ मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएपछि शनिवार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री समेत असन्तुष्ट बनेका थिए ।

निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रूपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको थियो । तर वृद्धि भएको मूल्य फर्ता भएको छ ।

यस्तो छ आयोगको विज्ञप्ति

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation