मङ्लबार, कार्तिक २६, २०८२

भिटा परियोजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना हो:अध्यक्ष पोख्रेल

गढवा १३ असोज । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समुदाय गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियाेजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना भएको बताउनु भएको छ ।

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी (भिटा) परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि सनिवार वडा नं २ मा प्रारम्भिक सहकारी भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो ।

गढवा गाउँपालिकामा उत्पादन भएका तरकारी, दुध र बाखालाई बजारीकरण सहकारी मार्फत गर्ने जानकारी गराउदै अध्यक्ष पोख्रेलले पालीका स्तरीय सहकारी नमुना सहकारी बन्ने बताउनुभयो । सहकारी नहुँदा बजारी करण र भिटा परियोजना सफल नहुने बताउदै भिटा परियोजना सफल बनाउन उत्पादन बढाई सहकारी मार्फत बजार सम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । यसै आर्थिक वर्षमा बिक्री तथा संकलन केन्द्र खोल्ने जानकारी दिदै गाउँपालिकामा उत्पादन भएका सबै चिजहरु बजार सम्म पुर्‍याउने बताउनुभयो ।

त्यसैगरी प्रारम्भिक सहकारी भेलामा बोल्दै गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले बिकाश बिकाश मात्र भनेर नहुने बताउदै सम्पूर्ण पालिका बासीको जिवन फेरीनु पर्ने बताउनुभयो । पालिकाबासी आर्थिक रुपमा सम्पन्न र आत्मनिर्भर बने मात्र बिकाशको अनुभूति गर्न सकिने बताउनुभयो । महिला उत्थान र सशक्तिकरणको लागि गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ संग सहकार्य गरेर भिटा परियोजना सञ्चालन गरेकोले जसरी पनि यो परियोजना सफल पार्नु पर्ने बताउनुभयो ।

त्यसैगरी सहकारी भेलामा बोल्दै चिमचिमे महिला उद्यमी समूहकी अध्यक्ष सम्झना ग्वाङले भिटा परियोजनाबाट चिमचिमेमा ठुलो परिवर्तन आएको बताउनुभयो । पहिले आफु खुसी बाख्रा पालन गर्दै आएका हामी अहिले परियोजना मार्फत बाख्रा पालनमा ठुलो सम्भावना बढेकोले आफुहरु बाख्रा पालनमा सक्रिय रुपमा लागेको बताउनुभयो ।

चिमचिमे महिला उद्यमी समूहकी अध्यक्ष सम्झना ग्वाङको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ ।

प्रारम्भिक सहकारी भेलामा गढवा गाउँपालिका वडा नम्बर २ का वडा सदस्य जगमति यादव, भिटा परियोजनाका परियोजना संयोजक बसन्त कुमार शर्मा, शहकारी शाखा प्रतिनिधि सत्यपाल यादव, उध्दम विकास सहजकर्ता मायाको चौधरी, मुल समूह बिभिन्न उपहार समुह लगायतकाको उपस्थिति रहेको थियो ।

मनकामना महिला उद्धमी समूहका सदस्य अञ्जिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका उध्दम विकास सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation