मङ्लबार, कार्तिक २६, २०८२

स्वास्थ्य चाैकी सिसहनियाँमा फार्मेसी सेवा सुरु

देउखुरी २१ असाेज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य चाैकी सिसहनियाँमा फार्मेसी सेवा सुरु भएको छ ।

फार्मेसी सेवा नहुँदा स्वास्थ्य चाैकीमा उपचारका लागि आउने बिरामीहरुलाई असुविधा भए पछि पालिकाले फार्मेसी सेवा सुरु गरेको हो ।

सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी बाहेक अन्य औषधि किन्न बिरामीहरूलाई असहज भएकाले बिरामीहरुकाे सहजताका लागि फार्मेसी सेवा सञ्चालन गरिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ ।

२४ सै घण्टा सेवा दिने गरि कर्मचारी व्यवस्थापन गरि फार्मेसी सेवा सञ्चालन गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष तथा स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद चाैधरीले जानकारी दिनुभयो ।

फार्मेसी सञ्चालन भए पछि बिरामीहरुलाई थप सहजता भएको स्वास्थ्य चाैकी सिसहनियाँका इन्चार्ज धन बहादुर खड्काले बताउनु भयो ।

यस अघि स्वास्थ्य चाैकीमा फार्मेसी नहुदा बिरामीहरुलाई असुविधा हुने गरेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation