शुक्रबार, चैत्र १३, २०८२

दाङमा ठूलो मात्रामा राष्ट्रिय वनमा अवैध रुख कटानी

दाङ २२ असोज । दाङ्गमा एकै रातमा अवैध रूपमा झण्डै दुई सय बढि रुख ढालीएका छन् ।

घोराही उपमहानगरपालिका १ र बंगलाचुलीको सीमा जोड्ने सुवा खोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते झण्डै दुई सयको हाराहारीमा साल, अस्ना, सिमल, जामुन लागायतका काचा हरिया ठाडा रूखहरू अवैध फाडान गरिएकाे थाहा लागेको छ ।

घोराही उपमहानगरपालिका देखि शुरू भई सिमलतारा, मुलाबारी, हाँसीपुर हुदै भालुबाङ प्युठान सडक खण्डको चैते, शान्तिपुर सडक निर्माणका लागि संघीय मन्त्रालय र प्रदेश मन्त्रालयको ५०/५० अनुदानमा यस चालू आर्थिक वर्षमा २०८०/८१ मा रू पचास करोड बजेट विनियोजन भई निर्माण व्यवसायीलाई सो सडक निर्माण गर्ने जिम्मा दिएको भएता पनि वन कार्यालयको अनुमति नहुँदा करीब दुई किलोमिटर लम्बाईमा रहेकाे सुवा खोला राष्ट्रीय बन क्षेत्रमा सडक निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । यसैबीच अज्ञात समूहले एकै रातमा उक्त क्षेत्रका रूखहरू अवैध फडानी गरेको पाइएकोले घट्ना स्थल पुगी दोषीलाई कारवाही गर्ने प्रक्रिया अन्तर्गत कार्य अगाडी बढाएको जिल्ला बन कार्यालय घोराहीका डीएफो मोहन लाल श्रेष्ठले जानकरी गराउनु भएको छ ।

उहाँका अनुसार जिल्ला वन कार्यालय प्रशासन शाखाका प्रमुखलाई अनुसन्धान अधिकृत तोकी कारवाही प्रक्रिया अगाडी बढेको बताउनु भयो ।  डिएफो श्रेष्ठले साल, असना का ७१ वटा ठूला रुख र सिमल, जामुन लगायत बिभिन्न प्रजातिका २५ वटा साना ठुला रुख समेत ढालिएको कटान गरिएकाे बताउनु भएको छ । ऊता स्थानियहरुले आफ्नो नाम न बताउने शर्तमा झण्डै दुई सय बढी रुख कटान भएका जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation