राप्ती गाउँपालिकाकाे पत्थरगढवामा एकीकृत घुम्ती शिविर सम्पन्न

मसुरीया ८ असार । दाङको राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवामा शनिबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाले जनतालाई गाउँमै सहज सेवा प्रदानका गर्ने उदेश्यले शिविर सञ्चालन गरेको हाे ।

घुम्ती शिविर मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सहित कृषि, पशु तथा सामाजिक सुरक्षा सेवा सम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा ५० महिला र ३४ जना पुरुष गरि ८४ जनाकाे स्वास्थ्य परीक्षण गरिनुका साथै उनीहरूलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा ९७ जना किसानहरूले पशु तथा खाद्यान्न बालीमा देखिने विभिन्न समस्याका बारेमा परामर्श लिएका थिए ।

त्यस्तै शिविरका सहभागीहरुलाई सामाजिक सुरक्षा प्राप्त गर्ने उमेर, परिचयपत्र नवीकरण गर्ने समय लगायतका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो ।

घुम्ती शिविर मार्फत गाउँमै उक्त सुविधाहरु पाएपछि स्थानीयहरु खुशि समेत भएका छन ।

शिविरमा राप्ती विज्ञान प्रतिष्ठान दाङका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, राप्ती गाउँपालिका पशु विकास शाखा प्रमुख दामोदर आचार्य, हेल्थ असिस्टेन्ट पदम प्रसाद पाैडेल, पञ्जिरण शाखा प्रमुख नारायण बहादुर राउत, कृषि अधिकृत प्रदिप खत्री, पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईकी प्रमुख अनमी सविता चाैधरी लगायतका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation