संघीयता असफल भैसक्यो : आचार्य

दाङ १४ असार । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता असफल भैसकेको बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

स्वीजरल्याण्डको सपना बाडेर नेपाल लाइ इथोपिया र सुडान बनाउन लागेको कुरा बताउदै देश संघीयताका कारण आर्थिक रुपमा टाट पल्टेको कुरा बताउनु भयो । अब जनताले कर तिरेर मन्त्री र मुख्यमन्त्री पाल्न नसक्ने कुरा गर्दै संघीयताको खारेज गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

अर्क्रो प्रसङ्गमा भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको सिर झुकेको कुरा गर्दै सास्थागत र नितिगत भ्रष्टाचारका कारण देश आर्थिक रुपमा कङ्गाल भएको कुरा बताउनु भयो । देशको बजेट वैदेशिक अनुदान र ऋणमा बनायर त्यसैमा भ्रष्टाचार गर्न र्‍याल चुहाउने सासक रहदा सम्म देशको अबस्थामा सुधार नहुने कुरा बताउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका पुर्ब केन्द्रिय सदस्य रामबहादुर जि एमले मन्तव्य राख्नु भएको थियोे भने संचालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बसन्त पौडेलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation