राप्तीकाे बजेट तथा कार्यक्रम बहुमतले पारित

भालुबाङ १७ असार । दाङको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/०८२ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले प्रस्तुत गर्नु भएको उक्त बजेट तथा कार्यक्रम साेमबार बसेको सभाकाे तेस्रो बैठकले संशोधन सहित बहुमतले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयाे ।

गत असार ९ गते प्रस्तुत गरिएको उक्त बजेट तथा कार्यक्रम छलफल तथा अध्ययनको लागि सभाका सदस्यहरुले समय माग गरेपछि असार १७ गतेका अर्थात् आजको लागि बाेलाइएकाे थियो ।

गाउँपालिकाले “समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी” भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट प्रस्तुत गरेकाे छ ।

यसै बिच गाउँसभाले सभाका सदस्य रिम बहादुर सुनारी मगरले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक २०८१ सर्वसम्मत रुपमा पारित भएको प्रवक्ता चाैधरीले जानकारी दिनुभयाे ।

गाउँसभाकाे आर्को बैठक पुन: आगामी असार २३ गते बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation