सोमवार, कार्तिक २५, २०८२

कुबेतमा एक नेपाली चेलीको बिचल्ली, उद्घार गरिदिन सबैमा आग्रह

काठमाडौं । वैदेशिक रोजगारीको लागी कुबेत पुगेकि एक नेपाली चेली बिचल्लीमा परेकी छिन ।

घरायसी कामको लागि कुबेत पुगेकि फुलबारी नगरपालिका, १ कैलाली कि स्यानी आले मगर बिचल्ली परेकी छिन ।

उनलाई २ महिना अघि पुस्प सुनार नाम गरेको एजेन्ट मार्फत नेपालबाट गैरकानुनी बाटो हुँदै घरायसी कामको लागी कुबेत पठाइएको थियो । तर अहिले स्यानी आले मगर त्यहाको घरमालिकको पिडा सहन नसकेर धेरै दु:ख खेपेर बसिरहेको बताइन ।

कुबेतको ठाउँमा निकै कष्टकर भएको र उनले आफुलाई नेपाल झिकाईदिन कुबेत स्थिति नेपाली  दूतावास, तथा कुबेतमा रहेका संघ संस्थालाई र कुबेतमा रहेका नेपाली सामाजिक वेक्तित्वमा समेत आग्रह गरेकि छिन ।

स्यानी आले मगर, मोबाईल नम्बर : +96552227672

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation