राप्ती गाउँपालिकाद्वारा ५ हजार बढी फलफूलका बिरुवा वितरण

भालुबाङ ११ श्रवण । दाङको राप्ती गाउँपालिकाले ५ हजार बढी विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरुलाई हरियाली एवम् साैन्दर्यकरण गर्नका लागि वन उपभोक्त समिति तथा समूहहरुलाई नि:शुल्क रुपमा साे फलफूलका बिरुवा वितरण गरेको पालिकाका वन तथा वातावरण फाेकल पर्सन सुवास भट्टराईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार विभिन्न वडाका सामुदायिक वनकाे खाली क्षेत्रमा राेप्नका लागि आँप, अम्बा, अमला, सित्तलचिनी लगायतका २ दुई हजार ५ सय बिरुवा र धार्मिक तथा पर्यटकीय स्थल एवम् पार्कहरुमा साैन्दर्यकरण गर्नका लागि विभिन्न जातका ३ हजार फूलका बिरुवाहरु वितरण गरिएको छ ।

गाउँपालिका भित्र रहेका सामुदायिक वनकाे खाली क्षेत्र तथा सार्वजनिक जग्गाहरुमा अधिकतम फलफूलका बिरुवाहरु राेपेर हरियाली बनाउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उदेश्य फलफूलको बिरुवा वितरण गरिएको पालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation