अखिल क्रान्तिकारी राप्तीको अध्यक्षमा मन्दिप पाेख्रेल

भालुबाङ २७ साउन । अखिल क्रान्तिकारी राप्ती गाउँपालिका कमिटीको अध्यक्षमा मन्दिप पाेख्रेल सर्वसम्मत चयन हुनुभएको छ ।

आइतबार मसुरीयामा सम्पन्न संगठनको दाेस्राे पालिका स्तरीय सम्मेलनले अध्यक्षमा पाेख्रेललाई सर्वसम्मत चयन गरेको हाे ।

त्यस्तै सम्मेलनले पाेख्रेलकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा करिष्मा आचार्य, सचिवमा आशिष परियार, सह- सचिवमा इशा खत्री क्षेत्री र कोषाध्यक्षमा सुनसरी चाैधरी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सुधिर दर्लामी मगर, सुस्मिता चाैधरी, अपुन खनाल, महेश चौधरी, सुशान्त चौधरी, निश्चल थापा, नवीन महतरा, सनीप चौधरी, निर्मल चौधरी लगायत रहनु भएको छ ।

त्यस्तै सम्मेलनले आगामी जिल्ला, प्रदेश तथा केन्द्रीय सम्मेलनकाे लागि प्रतिनिधि समेत छनाेट गरेको छ ।

सम्मेलन संगठनका गाउँपालिका कमिटीका अध्यक्ष विनाेद साेनीकाे अध्यक्षता एवं नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा संगठनका पूर्व जिल्ला अध्यक्ष कल्याण अधिकारीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation