भालुबाङ अस्पतालबाट तत्काल विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा छलफल, कर्मचारी नियुक्ती गर्न छिट्टै विज्ञापन गरिँदै

देउखुरी ११ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित प्रदेश स्तरीय ५० शय्या अस्पतालबाट तत्काल विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा मंगलबार छलफल भएको छ ।

लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर वासुदेव उपाध्याय र वरिष्ट स्वास्थ्य शिक्षा प्रशासक नाेद नारायण चाैधरी बीच साे विषयमा छलफल भएको हाे ।

छलफलमा पूर्वमन्त्री थारुले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न ढिलाइ हुनुको कारण बारे जिज्ञासा राख्नुभएको थियो ।

त्यस्तै उहाँले विशेषज्ञ सहितको स्वास्थ्य सेवा तत्काल विस्तार गर्न आफू निरन्तर लागिरहेको बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेवा विस्तारका लागि गाउँपालिकाले समन्वयात्मक भूमिका खेलिरहेको उल्लेख गर्दै बिरामीहरुलाई सेवा दिन ढिलो गर्न नहुने बताउनुभयो ।

मन्त्रालयका सचिव डाक्टर वासुदेव उपाध्यायले मन्त्रालयमा कर्मचारीहरु कमी हुनुका साथै थप प्राविधिक समस्या कारण सेवा विस्तारमा ढिलाइ भएको बताउदै तत्काल सेवा विस्तार  गर्न आवश्यक कर्मचारी नियुक्ती गर्न केहि दिन भित्रै विज्ञापन गर्ने तयारी भएको बताउनुभयो ।

अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न ढिलाइ भएपछि साे विषयमा चासो दिदै छलफलका लागि पूर्व स्वास्थमन्त्री थारु र गाउँपालिकाका अध्यक्ष विष्ट मन्त्रालयमै पुग्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation