अखिल नेपाल महिला संघ राप्तिको तिज गित तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

देउखुरी १४ भदौ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ हर्षेडाडामा तिज गित तथा प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ राप्ती गाउँपालिका समितिको आयोजनामा उक्त तिज गित तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

अखिल नेपाल महिला संघ राप्तिकी अध्यक्ष कृष्णा पोख्रेलको अध्यक्षता तथा अखिल नेपाल महिला संघ दाङकी उपाध्यक्ष कमला बेल्बासेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै, नेपालीहरुको महान चार्ड हरितालिका तिजको अवसरमा आयोजना गरिएको कार्यक्रम पछिल्लो समय आफ्नोपन झल्किने नभई बाहिरी रहनसहन भित्रिदै गएको र आफ्नो रितिरिवाज, संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिनु पर्ने भन्दै कार्यक्रमको प्रमुख अतिथि बेल्बासेले हरितालिका तिजको शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ केन्द्रिय समितिका कोषाध्यक्ष प्रेम नारायण आचार्य, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रिय समितिका सदस्य केशवराज खनाल, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय समितिका उपाध्यक्ष रमेशमान गुरुङ, राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजाल, जातिय समता समाज लुम्बिनी प्रदेश सदस्य सान्ती सुनार, अखिल नेपाल किसान महासङघ दाङका उपाध्यक्ष माधव आचार्य, रक्तिम सांस्कृतिक अभियान दाङका कोषाध्यक्ष बिक्रम पाण्डे, रास्ट्रिय जनमोर्चाका सल्लाहकार एवं अखिल नेपाल किसान महासङ्घ राप्तिका अध्यक्ष विष्णु आचार्य, अखिल नेपाल युवा संघ राप्तिका सदस्य चेतनारायण बस्नेत, रास्ट्रिय जनमोर्चा दाङका सदस्य समसेर के सि, जेष्ठ महिला नागरिक लुमा आचार्य, लिलादेवी राना त्यसै गरि पत्रकार दङ्गाली अनलाइन खवर डट कमका कार्यकारी सम्पादक मुक्तिराम पौडेल र पत्रकार मोतिराम भट्टराई लगाएत धेरै जनाको उपस्थित रहेको थियो ।

अखिल नेपाल महिला संघ राप्तिकी उपाध्यक्ष हस्ता आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ राप्तिकी सचीव चम्फा भुसालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation