राप्तीमा स्वास्थ्य कार्यक्रमकाे वार्षिक समिक्षा

देउखुरी १५ भदौ । दाङको राप्ती गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा  गरिएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यक्रम तथा गतिविधिका बारेमा शुक्रबार समीक्षा गरिएको हो ।

गाउँपालिकाकाे सभाहल मसुरीयामा आयोजित उक्त समिक्षा कार्यक्रममा गाउँपालिका भित्रका ९ वटै वडाहरुमा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ्य संस्थाकाे भौतिक संरचना, जनशक्ति व्यवस्थापन, संस्थाबाट प्रदान गरिने सेवा, सेवाग्राही अवस्था सँगै खोप, पोषण, सरुवा रोग, सुरक्षित मातृत्व तथा परिवार नियोजन, बाल स्वास्थ्य लगायतका विषय समेटिएको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत गरिएको उक्त समिक्षा प्रतिवेदन र संस्थाबाट सेवाग्राहीलाई प्रदान गरेको सेवाको आधारमा उत्कृष्ट छनाेट भएका स्वास्थ्य संस्थालाई पालिकाले प्रमाणपत्र प्रदान गरि सम्मान गरेको थियो ।

साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जनताहरुलाई सहज र सरल तरिकाबाट  गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफूहरू निरन्तर लागि रहेको बताउनुभयो ।

त्यस्तै उहाँले गाउँपालिकाबासीको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न स्वास्थ्यकर्मीहरुलाई  निर्देशन दिनु भयो ।

स्वास्थ्यकाे क्षेत्रमा विगतका वर्षहरूमा पालिका लगातार जिल्लामा तेस्रो पटक उत्कृष्ट हुँदै आइरहेको बताउँदै अध्यक्ष विष्टले आगामी वर्षमा पनि त्यस कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

गाउँपालिकाकाे सामाजिक विकास समितिका संयाेजक तथा प्रवक्ता पहलवान चाैधरीकाे अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न वडाका वडा  अध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रतिनिधि, रेडक्रस उपशाखा लालमटियाका अध्यक्ष, पालिकाका विभिन्न शाखाका शाखा प्रमुख, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु लगायतको सहभागीता रहेको थियोे ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतकाे विषय प्रवेश बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण स्वास्थ्य अधिकृत धन बहादुर बुढा क्षेत्रीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation