नजिकिँदै गरेको दशैं तिहार पर्वमा दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई तीव्र पार्दै नेपालगन्ज ट्राफिक

बाँके ३० भदौ । नेपालगन्जमा दुर्घटना हुन नदिन न ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच, सवारी चेकजाँच, यात्रु क्षमता चेकजाँच लगायतमा ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले बताए ।

दुर्घटना सँगसँगै विभिन्न चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ सुरु गरिएको उनले जानकारी दिए ।

सो क्रममा लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारी साधनमाथि विशेष चेकजाँच बढाइएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले चाडपर्वको अवसरमा जिल्लाका धेरैजसो स्थानमा नियमित चेकजाँच, मापसे चेकजाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था चेकजाँच गर्ने, यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने काम भएको ट्राफिक प्रमुख खड्काले जानकारी दिए ।

ट्राफिक प्रहरीले लामो दूरीका सवारीसाधनलाई मात्रै नभई छोटो दूरीका सवारीसाधनलाई समेत जाँच गर्न थालेको छ । दुर्घटना न्यूनीकरण गर्न दैनिक रूपमा मापसे चेकजाँचलगायत ट्राफिक प्रहरी सचेतना कक्षा दिँदै आइरहेको पनि खड्काले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation