Dangali Onlinekhabar

Advertisment

SKIP THIS

एमाले राप्तीकाे दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: अधिकारी सर्वसम्मत निर्वाचित

भालुवाङ ४ असाेज  नेकपा एमाले राप्ती गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा मदन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रवार राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा भएकाे पार्टीकाे दोस्रो अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेसनले अधिकारीकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा हिमानी न्यौपाने, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा सावित्री चौधरी र दामोदर पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समिति संयाेजकमा देवप्रसाद चौधरी र सदस्यमा दामोदर पोख्रेल रहेकाे निर्वाचन मण्डलका प्रमुख विवेक श्रेष्ठले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation