रोटरी क्लव अफ राप्तीद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

देउखुरी । रोटरी क्लव अप राप्तीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

क्लवले राप्ती गाउँपालिका वडा नं. १ मा अवस्थित राप्ती गंगा प्राथमिक विद्यालय चैते दमारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

क्लका अध्यक्ष तपराज आचार्यको अध्यक्षता तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्ण जंग रेश्मीकोे प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

रोटरी वर्ष २०२४ र २०२५ को वार्षिक कार्ययोजना अनुसार उक्त विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीहरुलाई कपि, पेन्सिललगायतका शैक्षिक सामाग्री सहयोग गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष तपराज आचार्यले बताए । उने भने ‘उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न रहेका हुदा राप्ती गंगा प्रा वि का विद्यार्थीहरुलाई सहयोग गरेका छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण जंग रेश्मीले यस विद्यालयमा सहयोग गरेकोमा रोटरी क्लव अफ राप्तीलाई विशेष धन्यवाद दिदै आगामी वर्षमा पनि यसरी नै सहयोगकको अपेक्षा रहेको बताए ।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लवका निर्वाचित अध्यक्ष बसन्त बहादुर पुन मगर, बासुदेव न्यौपाने, बिजुला केसी, मोहन आचार्यका साथै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णु पोख्रेल, सदस्य सारदा आचार्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण रोटरी क्लव आफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation