Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमकाे समिक्षा

भालुवाङ ८ आसाेज । दाङकाे राप्ती गाउँपालिकामा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलले सञ्चालन गरेको कार्यक्रमकाे मंगलबार समिक्षा गरिएको छ ।

इकाईले गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको समिक्षा गरेको हाे ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलका कार्यालय प्रमुख रामकृष्ण राजधताले आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमहरूको बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

समिक्षा कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले इकाईले याेजना निर्माणकै क्रममा स्थानीय सरकार सँग समन्वय गर्नु पर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation