शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नामसालिङकाे सहयोग गढवामा घरबगैंचा व्यवस्थापन तालिम सम्पन्न

देउखुरी १० असाेज । दक्षिण देउखुरी अधिकार मञ्च गढवा द्वारा गढवा गाउँपालिकामा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” मार्फत गढवा- ३ गोबाराडिहाका विभिन्न सामुदायिक समूहका कृषकहरुलाई “घरबगैचा व्यवस्थापन तालिम” प्रदान गरिएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र इलामको आर्थिक सहयोग तथा गढवा गाउँपालिका दाङको समन्वयमा एकीकृत सामुदायिक विकास परियोजनाको “खाद्य तथा पोषण सुरक्षा” कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे ।

गढवा – ३ गोबरडिहाका २५ जना कृषकहरुकाे सहभागीता रहेको तालिममा घरबगैचा तथा यसका आयामहरू, घरबगैचाको खाद्य तथा पोषण सुरक्षा र आयआर्जन सँगको सम्बन्ध तथा स्थानीय स्रोत साधनको प्रयोग गरी घरबगैंचा व्यवस्थापनका उपायहरुका बारेमा सिकाइ आदान प्रदान गरिएको थियो ।

तालिमको सहजीकरण नामसालिङका दाङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत सशांक आचार्य र कृषि प्राविधिक धन कुमारी चौधरीले गर्नु भएको थियोे ।

वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित “नामसालिङ सामुदायिक विकास केन्द्र” ले दाङको राप्ती गाउँपालिकामा वि. सं. २०७४ देखि “एकीकृत सामुदायीक विकास परियोजना” मार्फत सामुदायीक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको साे संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation