देउखुरी १२ असोज । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको करम्दी सामुदायिक वन उपभोक्ता समितिकाे २६औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।
उपभोक्ता समुहका अध्यक्ष टुम बहादुर घर्ती मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्वर २ का वडा सदस्य तथा यस संस्थाका सल्लाहकार मन बहादुर पुनकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुनले सामुदायिक वनमा धेरै किसिमका जडिबुटी रहेकाले त्यसको समुचित निकासी गर्नुपर्ने बताए । उनले सामुदायिक वनको संरक्षणका लागि समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिए ।
सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन, चोरिसिकारी नियन्त्रण, वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबैजनाले पहल गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका विशिष्ट अतिथि राप्ती बन महासंघका उपाध्यक्ष गिरीराज पाैडेल, अतिथी नेपाल विधुत प्राधिकरण वितरण प्रणाली स्तराेन्नती तथा बिस्तार आयाेजना प्रतिनिधि मुकुन्द अधिकारी,”कालिका सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष भिमलाल न्याैपाने, यस सामुदायिक वनका पुर्व अध्यक्ष तथा सल्लाहकार यम बहादुर राेका मगर साथै पुर्व अध्यक्ष तथा सल्लाहकार: टंक बहादुर थापा र पुर्व अध्यक्ष तथा सल्लाहकार सरस्वता पाेख्रेल लागायतले शुभकामना मन्तव्य राखेका थिए ।
आर्थिक बर्ष २०८०। ८१ को लेखा प्रतिवेदन लेखा संयोजक मेनुका पाैडेल, सचिवकाे प्रतिवेदन संस्थाका सचिव सिताराम सुवेदी, काेषाध्यक्षकाे प्रतिवेदन काेषाध्यक्ष विस्नी चाैधरी र अध्यक्षकाे प्रतिवेदन संस्थाका अध्यक्ष टुम बहादुर घर्ती मगरले प्रस्तुत गर्नु भएकाे थियाे ।
त्यस्तै उक्त कार्यक्रममा ८२ वर्षका डन्डपानी पाैडेल र ८० बर्ष टीका देवि सार्कीलाई जेष्ठ नागिरककाे रुपमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राप्ती गाउँपालिका वडा नम्वर २ का वडा सदस्य तथा संस्थाका सल्लाहकार मन बहादुर पुन, विशिष्ट अतिथि राप्ती वन महासंघका उपाध्यक्ष गिरीराज पाैडेल लगायत छिमेकी सामुदायिक वनका प्रतिनिधी, करम्दि सामुदायिक वनका पुर्व कार्य समितिका पदाधिकारी र उपभोक्ता लगायतकाे उपस्थिती रहेको थियो ।
सदस्य गिता शर्माकाे स्वागत मन्तव्य बाट सुरू भएकाे कार्यक्रमकाे संचालन भुवन भट्टराईले गरेका थिए ।