बुधबार, चैत्र ११, २०८२

राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघद्धारा पुल्चोकमा सरसफाई

देउखुरी १२ असोज । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संघले शनिवार राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक स्थित क्यारीमा सरसफाई गरेको हो । उक्र क्यारीमा लगाइएका फुलका बिरुवाहरु झालले डुबेको अवस्थामा संघको नेतृत्वमा सरसफाई गरिएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबार सरसफाई गर्ने तयारी भएतापनि वर्षाका कारण शनिवार सरसफाई गरिएको राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरी खड्काले बताए । ‘झार बढ्दा क्यारीमा लगाइएका फुलका बिरुवा डुवेको थिए’ अध्यक्ष खड्काले भने ‘उक्त बिरुवा बचाउनुको साथै क्यारी सुन्दर देखाउन हाम्रो सकृयतामा सरसफाई गरिएको हो ।

राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले राप्ती उद्योग वाणिज्य संघले एकतर्फिरुपमा व्यवसायीहरुसँग समन्वय नगरी साप्ताहिक रुपमा शनिवार बजार खुल्ला गर्ने निर्णय प्रती व्यवसायीहरु असन्तुष्ट हुँदा हुँदै पनि बजार खुल्ला गरेको प्रती बिरोध जनाउदै आ आफ्ना व्यवसाय बन्दगरी सररसफाईमा जुटेका थिए ।

राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले आफ्ना व्यवसायीको हकहितका साथै बिभिन्न सामाजिक कार्यमा समेत जुट्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation