मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सरकारी गाडी लिएर गठबन्धनको चुनावी कार्यक्रममा पोखराका मेयर

निर्वाचन आचारसंहिताविपरीत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

मेयर आचार्य शनिबार बिहान सरकारी नम्बर प्लेटको गाडी लिएर सत्तारुढ गठबन्धनको कास्की क्षेत्र नम्बर २ को निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा पुगेका हुन् । महानगरपालिकाको ग १ झ २२३ नम्बरको गाडी लिएर उनी पोखरा जिरो किलोमिटरस्थित एउटा पार्टी प्यालेस पुगेका थिए ।

आचार्य गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीका नेता हुन् । तर, उनी कार्यक्रममा सहभागी हुनु भने आचारसंहिता विपरीत हो ।

निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी निकायको कुनै पनि स्रोतसाधन कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न मिल्दैन । निर्वाचन आचारसंहिताको परिच्छेद २ को दफा ४ मा भनिएको छ, ‘सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने ।’

त्यसबाहेक आचारसंहिताकौ परिच्छेद ३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारी कुनै राजनीतिक दल, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन मिल्दैन । तर, कार्यपालिका पदाधिकारी सरकारी सवारी साधन प्रयोग नगरी आफू निर्वाचित भएको पालिका बाहिरको चुनावी कार्यक्रममा सहभागी हुन पाउने गत २६ असोजमा आयोगले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । मेयर आचार्य जिल्लाभित्रै उम्मेदवारको चुनावी कार्यक्रममा पुगेका हुन् ।

आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयासम्म जरिवाना हुने व्यवस्था निर्वाचन आयोग ऐन २०७३ को दफा २३ मा छ । त्यसका लागि स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अघि बढाउने काम जिल्ला आचारसंहिता अनुगमन समितिले गर्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation