बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज उपमहानगरपालिका ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी साधन सहित करिब बिस लाख ८८ हजार बराबरको सामान बरामद गरेको छ ।
नेपालगंज १ धम्बोझीबाट कुर्ता सुरवाल र बच्चाको जुत्ता सहित करिब ४९ हजार सात सय बराबरको समान फेला पारी जम्मा एक्काईस लाख सैतिस हजार ७ सय बराबरको सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाएको बाँके जिल्ला एसपी तुल बहादुर कार्कीले जानकारी दिनुभएको छ ।