सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

निर्वाचन आचार संहिता विपरित सहरी विकास मन्त्रीले बाँडे चामल

दाङ । सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितलाई चामल वितरण गरेका छन् । तर, भाेट प्रभावित गर्नेगरि चामल वितरण गरेकाे आराेप लागेकाे छ ।

मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० कुन्टलको दरले दुई सय कुन्टल चामल वितरण गरेका हुन । बाढीबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘मन्त्री ज्यूको पहलमा आएको चामल हो । त्यो पालिकालाई दिइएको छ’ सचिवालयका एक सदस्यले भने–‘बाढी पिडितलाई दिने भनेर चामल मगाइएको थियो ।’

मन्त्रीले चामल वितरण गरेको खबर सार्वजनिक भएपछी निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ । भोट प्रभावित गर्ने उद्देश्यले बाढी पिडितको नाममा चामल बाँडिएको आरोप लागेको छ ।

निर्वाचन आयोगले मन्त्रीहरु अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरित हुने जनाएको छ ।‘मन्त्री अघि सेर सामाग्री दिन पाउँदैनन् । सरकारको आफ्नै संयन्त्र छ । संयन्त्र भन्दा बाहिरबाट काम हुँदा त्यो आचार संहिता विपरित ठहरिन्छ’निर्वाचन अधिकृत मानबहादुर बिष्टले भने–‘यस बारेमा भएको के हो ? हामी अनुसन्धान गर्छौं ।’ तर, मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation