Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती उद्योग बाणिज्य संघमा निर्विरोध कार्यसमिति, अध्यक्षमा खड्का र महासचिवमा न्याैपाने

देउखुरी ३ कार्तिक । राप्ती उद्योग बाणिज्य संघ भालुबाङको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । व्यवसायिहरुको विचमा सहमती गर्दै उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो ।

सुरज खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक महेशचन्द्र रिजालले जानकारी दिनुभयो ।

बरिष्ठ उपाध्यक्षमा बसन्त गिरी, उपाध्यक्षमा चन्द्रप्रकाश आचार्य, महासचिवमा बासुदेव न्यौपाने, सचिवमा मोहन आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद बोहोरा, सदस्यमा शिवा थापा, राजकुमार आचार्य, हरिबहादुर खड्का, राजु थापा, भूमि गुरुङ रहनु भएको छ ।

सहमती र सहकार्यको संस्कार अनुसार व्यवसायिक हक हितका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता नयाँ कार्यसमितिले प्रस्तुत गरेको छ । आइतबार दिउँसो ३ बजे सपथग्रहण समारोह राखिएको निर्वाचन मण्डलका संयोजक रिजालले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation