Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दोषी पत्ता लगाइ कडा भन्दा कडा कारबाही गर्न रास्वपा राप्तिद्वारा माग

भालुबाङ । लुम्बिनी प्रदेश दाङ देउखुरीको भालुबाङमा नाबालिका माथी जबरजस्ती करणी भएको र दोषी अहिले सम्म पनि पत्ता नलागेकोले छिटोभन्दा छिटो दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाले प्रेस बिज्ञपति मार्फत ध्यानाकर्षण गराएको छ ।

८ वर्षीय बालिकामाथि जबरजस्ती करणी भएको घटनाले अत्यन्त मर्माहित तथा गम्भीर ध्यान आकर्षण भएको छ । यस्तो गम्भीर घटना घटेको धेरै दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु अर्को दुःखको विषय हो ।

यस घटनाको यथाशीघ्र सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाले जोडदार माग गरेको छ ।

राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका गत असोज २४ गते बलात्कृत भएकी थिइन् । द्यपी बलात्कार गर्ने व्यक्तिको पहिचान नभएकोले दोषी पत्ता लगाई कडा कारवाही गर्न जाहेरीमा माग गरिएको थियो । घटना घटेपछि प्रहरीले हाल सम्म विभिन्न समयमा गरि १० जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तर प्रहरीले नाम भने कसैको खुलाएको छैन । सो दिन ती नाबालिका भालुवाङ स्थित सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला बलात्कृत भएकी थिइन् ।

नाबालिकाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण रिपोर्टमा बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । यस विषयमा प्रहरी सँग बुझ्दा जाहेरी दर्ता भइसकेको र व्यापक मात्रमा प्रहरी परिचालन गरिसकिएकोले अव छिट्टै दोषी पक्राउ गरि सार्वजनिक गर्ने बताएको छ । तर घटना घटेको धेरै दिन बितिसक्दा पनि दोषी पक्राउ गर्न नसक्नुले कतै प्रहरीकै संलग्नता त छैन भन्ने आशांका स्थानीयले गर्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation