सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राष्ट्रिय सम्मानसहित सत्यमोहन जोशीको अन्तिम बिदाई

शताब्दी पुरूष सत्यमोहन जोशीको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरिएको छ ।

१०३ वर्षको उमेरमा निधन भएका जोशीलाई सरकारले आइतबार राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरेको हो ।

स्वर्गीय जोशीलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको थियो । शोक सलामीमा प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको प्लाटुन र १६ जनाको ब्याण्ड सहभागी थियो ।

त्यसअघि ललितपुर महानगरपालिकामा राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

महानगर परिसरमा जोशीलाई मन्त्री, राजनीतिक दलका शीर्ष नेता, कलाकार र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।                                           

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation