बिहिबार, चैत्र १२, २०८२

राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

देउखुरी । दाङको देउखुरीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको बिहिवार राप्ती नदिमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लमही नगरपालिका–२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ की निशा चौधरी, गढवा गाउँपालिका–४ खडकपुर घर भई हाल लमही नगरपालिका –५ लमही गल्ली बस्ने वर्ष १२ की कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

मृतक कृष्टी चौधरी गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation