राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरण राेक, स्थानीय प्रयाेग गर्न आव्हान

देउखुरी । दाङको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा, माला, फूल तथा कोल्ड ड्रिङ्स, जङक फुड (पत्रु खाना) लगायतका वस्तु बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको छ ।

पालिकाले विगतका वर्षदेखि प्रतिवन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ । स्थानीय प्राकृतिक पुष्प माला, दुग्धजन्य पदार्थ प्रयोग गर्न आव्हान गरेको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले भनेको छ, “आउदै गरेको तिहारको अवसरमा प्लाष्टिकजन्य, फुल, माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण व्यापारी वर्ग तथा आम सर्वधारणमा अनुरोध गरिन्छ ।”

विवाह, ब्रतवन्ध, भोज, भतेर, वनभोज स्थल, सार्वजनिक स्थलहरुमा प्लाष्टिकका थाल, कप, प्लेट, चम्चाहरुको प्रयोग गर्नुको सट्टा साल, मालुका लगायतका पातहरुबाट निर्मित दुना, टपरी तथा काठका चम्चाहरु प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ ।

पालिका अध्यक्ष प्रकाश विष्टद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाकाे उक्त सूचना उल्लंघन गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहाेरा समेत जनाएको छ ।

राप्तीसँगै दाङका अन्य केही स्थानीय तहले पनि प्लास्टिकजन्य फूलमाला बिक्री-वितरण तथा भण्डारण गर्न राेक लगाएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation