भालुवाङ ११ कार्तिक । जनजिविका बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-१ दाङको बाह्रौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार राप्ती गाउँपालिका १ भालुवाङमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जीवराज शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरीले पछिल्लो समय सहकारी प्रति बढ्दै गएको बेथितिका कारण सहकारी प्रतिको विश्वास घट्दै गएको बताएकी छिन् । सहकारी संस्थालाई सहि र जिम्मेवारी पुर्वक सञ्चालन गर्न सके यसैबाट आर्थिक विकास तथा रोजगारीको सिर्जना हुने उपाध्यक्ष चाैधरीले बताएकी छिन् ।
सो अवसरमा भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबबहादुर गुरूङ, रामजहदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराज सुवेदी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, हिमालय टेलिभिजनका लुम्बिनी प्रदेश व्युरो सन्तोष कुमार गुप्ता, सहकारी शिक्षा संयोजक तुल्सीराम पाैडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभा उद्घाटन कार्यक्रममा असल बचतकर्ता, असल ऋणीलाई खादा, माला, प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष कृष्णा पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव गिरिराज पाैडेलले गरेका थिए ।
जनजिविका सहकारी संस्थाको अध्यक्षमा पुन: जीवराज शर्मा सर्वसम्मत चयन ;
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुल्चोकमा रहेकाे जनजिविका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवराज शर्मा सर्वसम्मत चयन भएका छन् ।
संस्थाको आइतबार राप्ती गाउँपालिका-१ भालुवाङमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन शर्मा सर्वसम्मत चयन भएका हुन् । शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे । जसको उपाध्यक्षमा कृष्णा पाण्डे सुवेदी, सचिवमा गिरिराज पौडेल, कोषाध्यक्षमा जगत प्रसाद अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यमा घमानसिंह रावत, माधा अधिकारी, विष्णु प्रसाद पोख्रेल, विन्दु पौडेल र तुलसीराम पौडेल रहेका छन् ।
अधिवेशनले बसन्तराज भट्टराईको संयोजकत्वमा बासुदेव न्यौपाने र गोविन्द कुमाल सदस्य रहनेगरी लेखा सुपेरिवेक्षण समिति समेत चयन गरेको छ । संस्थाका अध्यक्ष जीवराज शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।